Posts

अंग्रेजी ग्राहक सेवाको टेलिफोन नम्बर परिवर्तन भएको सूचना

हाम्रा सेवाहरू प्रयोग गरिदिनु भएकोमा धन्यवाद। अप्रिल १, २०२५ (मंगलबार) देखि हाम्रो अंग्रेजी ग्राहक सेवाको टेलिफोन नम्बर परिवर्तन हुने सहर्ष जानकारी गराउँन चाहन्छौं । विस्तृत जानकारी, तल दिइएको छ । ■फ्री डायल (फिक्सड फोनबाट): पूरानो फोन नम्बरः ०१२०-९८३-४५१ नयाँ फोन नम्बरः ०१२०-९८३-८९१ र अंग्रेजी रोज्न २०# ■माई ०५० प्रयोगकर्ताहरूले, कृपया यो नम्बरमा निशुल्क कल गर्नुहोसः   ०५०-६८६०-२८२० यसले पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र तपाईको साथसहयोगको लागि आभारी छौं ।

ओसाका र नागोया कार्यालयहरूको नयाँ समय तालिका

अप्रिल १, २०२५ देखि, ओसाका र नागोयामा रहेका हाम्रो कार्यालयहरू सप्ताहन्त र राष्ट्रिय बिदाहरूमा बन्द रहनेछन् । कार्यालय समय निम्ननुसार हुनेछ: खुल्ने समयः सोमबार देखि शुक्रबार १०:०० देखि १८:०० सम्म शनिवार, आइतबार र राष्ट्रिय बिदाका दिनहरु बन्द रहने छ । यदि कुनै जिज्ञासाहरू भए, कृपया हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।

[महत्वपूर्ण] माई ०५० नम्बरः नयाँ आवेदन प्रकृया

Image
माई ०५० नम्बर प्राप्त गर्न, तपाईको स्मार्ट फोनबाट माई अकाउन्ट मा लगइन गर्नुहोस र यी प्रकृयाहरूको पालना गरेर दर्ता गर्नुहोसः १. सेवाका शर्तहरू स्वीकार गर्नुहोस २. तपाईको इमेल ठेगाना प्रमाणित गर्नुहोस ३. तपाईको राष्ट्रियता र परिचय पत्र (आइडी)को प्रकार रोज्नुहोस ४. तपाईको आइडीको फोटोहरू खिच्नुहोस र तपाईको व्यक्तिगत जानकारी भर्नुहोस ५. यी जानकारीहरू पक्का गरेर पेश गर्नुहोस माई अकाउन्ट भित्र छिर्न यो क्यूआर कोड स्क्यान गर्नुहोस महत्वपूर्ण नोटहरू दाखिला गर्नु भएका आइडीको फोटोहरू प्रष्ट अनि सजिलै पढ्न सकिने हुनुपर्छ र आवेदन दिनु हुने मितिमा आइडीको म्याद सकिन ३० दिन भन्दा बढी अवधि बाँकी रहेको हुनुपर्छ । अन्यथा तपाईको आवेदन प्रोसेस हुने छैन । कृपया नोट गर्नुहोला कि आइडीको प्रमाणिकरण प्रकृया सफल भएपछि मात्र हामी तपाईलाई माई ०५० नम्बर उपलब्ध गराउने छौं र यो प्रकृया पूरा हुन निकै लामो समय लाग्न सक्छ । आवश्यक भएमा हामीलाई थप कागजपत्रहरू पनि चाहिन सक्छ वा आइडी प्रष्ट नभएमा तपाईले फेरि आइडीका फोटोहरू पठाउनु पर्ने हुनसक्छ । हामी तपाईको आइडी अनुसार तपाईको खाता खोली दिने वा अपडेट गरिदिने छौं । कृपया नो...

[महत्वपूर्ण] माई ०५० नम्बर सेवा शुल्कहरू

२०२२ सेप्टेम्बर १ देखि हामी यी दुईवटा माई ०५० नम्बर सेवा शुल्कहरू लिन शुरू गर्दैछौं । २०२२ सेप्टेम्बर १ भन्दा अघि माई ०५० नम्बर प्राप्त गर्नुहुने प्रयोगकर्ताहरूले वा हाम्रो आधिकारिक एजेन्टहरूबाट सदस्यता लिनुहुने सेवाग्राहीहरूले २०२३ अप्रिल १ सम्म सदस्यता शुल्क तिर्नु पर्दैन । *तपाईको विलिङ मिति कहिले देखि शुरू हुन्छ भनेर थाहा पाउन कृपया हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस । शुल्कहरू सम्बन्धित शुल्कहरू (फिर्ता नहुने, कर सम्मिलित): आवेदन शुल्क - ५५० यन सदस्यता शुल्क - हरेक ६ महिनाको ५५० यन तपाईको आवेदन स्वीकृत भएपछि, यो सेवा प्रयोग गरेर हेर्नको लागि निःशुल्क पाँच मिनेट कल गर्न मिल्ने एउटा ०५० नम्बर पाउनु हुनेछ । यदि ०५० नम्बर जारी भएको आठ दिन भित्र तपाई आफ्नो सम्झौता रद्द गर्न चाहनु हुन्छ भने, कृपया मेरो खाता > माई ०५० मा जानुहोस र माई ०५० नम्बर सम्झौता रद्द गर्नको लागि अनुरोध गर्नुहोस । यसो गर्दा तपाईलाई कुनै शुल्क लाग्ने छैन । यदि तपाईको माई ०५० नम्बर सम्झौता राख्न चाहनु हुन्छ भने, कृपया परीक्षण अवधि समाप्त हुनु अघि नै आवेदन शुल्क र सदस्यता शुल्क दुवै तिर्न पुग्ने गरि पर्याप्त...

मलाई यो इमेल किन आएको ?

Image
तपाईको इमेल ब्रास्टेलको कुनै एउटा खातामा (ब्रास्टेल टेलिकम वा ब्रास्टेल रेमिट वा बेसिक्समा) दर्ता भएको हुनाले तपाईले हामीबाट इमेलहरू प्राप्त गर्न सक्नुहुनेछ । कृपया नोट गर्नुहोला कि मार्केटिङका जानकारी पाउँन अस्वीकार गर्नु भए पनि तपाईले ब्रास्टेल कं., लि. सँग अन्तर्क्रिया गर्न आवश्क महत्वपूर्ण जानकारीहरू जस्तै सपोर्ट/सेवा सम्बन्धित सूचनाहरू, सेक्युरिटी अपडेटहरू, नियम र शर्तहरूका अपडेटहरू, वा खाता व्यवस्थापन सम्बन्धित जानकारीहरू निरन्तर पाइरहनु हुने छ । यदि तपाई ब्रास्टेलको ग्राहक होइन भनेः कसैले हामीसँग दर्ता गर्दा, गलत टाइप गरेर वा जानीजानी अर्काको इमेल आफ्नो खातामा राखिदिएको हुनसक्छ । यदि तपाई यी इमेलहरू नआओस भन्ने चाहनु हुन्छ भने, हामीलाई  nepali@brastel.co.jp  मा जानकारी गराउनुहोस । यदि कुनै जिज्ञासाहरू भए, निसंकोच हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । भवदिय, ब्रास्टेल कं., लि.