[महत्वपूर्ण] माई ०५० नम्बर सेवा शुल्कहरू

२०२२ सेप्टेम्बर १ देखि हामी यी दुईवटा माई ०५० नम्बर सेवा शुल्कहरू लिन शुरू गर्दैछौं ।

२०२२ सेप्टेम्बर १ भन्दा अघि माई ०५० नम्बर प्राप्त गर्नुहुने प्रयोगकर्ताहरूले वा हाम्रो आधिकारिक एजेन्टहरूबाट सदस्यता लिनुहुने सेवाग्राहीहरूले २०२३ अप्रिल १ सम्म सदस्यता शुल्क तिर्नु पर्दैन ।

*तपाईको विलिङ मिति कहिले देखि शुरू हुन्छ भनेर थाहा पाउन कृपया हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।

शुल्कहरू सम्बन्धित

शुल्कहरू (फिर्ता नहुने, कर सम्मिलित):
  • आवेदन शुल्क - ५५० यन
  • सदस्यता शुल्क - हरेक ६ महिनाको ५५० यन

तपाईको आवेदन स्वीकृत भएपछि, यो सेवा प्रयोग गरेर हेर्नको लागि निःशुल्क पाँच मिनेट कल गर्न मिल्ने एउटा ०५० नम्बर पाउनु हुनेछ । यदि ०५० नम्बर जारी भएको आठ दिन भित्र तपाई आफ्नो सम्झौता रद्द गर्न चाहनु हुन्छ भने, कृपया मेरो खाता > माई ०५० मा जानुहोस र माई ०५० नम्बर सम्झौता रद्द गर्नको लागि अनुरोध गर्नुहोस । यसो गर्दा तपाईलाई कुनै शुल्क लाग्ने छैन । यदि तपाईको माई ०५० नम्बर सम्झौता राख्न चाहनु हुन्छ भने, कृपया परीक्षण अवधि समाप्त हुनु अघि नै आवेदन शुल्क र सदस्यता शुल्क दुवै तिर्न पुग्ने गरि पर्याप्त क्रेडिट आफ्नो ब्रास्टेल खातामा थप्नुहोस । यदि तपाईले पहिलो ८ दिन भित्र सम्झौता रद्द गर्नको लागि अनुरोध गर्नुभएन वा केहि पनि परिवर्तन गर्नुभएन भने, तपाईले सम्झौतालाई स्वीकार गर्नुभएको मानिनेछ र दर्ता शुल्क (एक पटक तिर्नु पर्ने) र ६ महिनाको एक पटक तिर्नु पर्ने सदस्यता शुल्क तिर्नै पर्ने हुन्छ ।

बिलिङ नियमहरू सम्बन्धित

आवेदन प्रमाणित भएर ०५० नम्बर प्राप्त भएको नवौं दिनमा माथि उल्लेख गरिएको आवेदन शुल्क र पहिलो सदस्यता शुल्क दुवै काटिने छ । त्यसपछिको अर्को सदस्यता शुल्क हरेक ६ महिनाको बिलिङ अवधिको अन्त्यमा काटिने छ । दुवै शुल्कहरू कस्टमरको ब्रास्टेल खाताको ब्यालेन्सबाट काटिने छ ।
यदि तपाईको खातामा शुल्क तिर्न पर्याप्त ब्यालेन्स नभएमा, तपाईको ०५० नम्बर सदस्यता अस्थाई रूपमा बन्द हुनेछ र तपाईले कलहरू गर्न वा आगमन कलहरू प्राप्त गर्न सक्नुहुन्न । तपाईले आफ्नो ब्रास्टेल खाता टपअप गरेर त्यहाँ सदस्यता शुल्क तिर्न पुग्ने पर्याप्त पैसा राख्नु भएपछि तपाईको खाता स्वतः एक्टिभ हुनेछ । यदि तपाईको ०५० नम्बर ६ महिना सम्म पनि एक्टिभ भएन भने, तपाईको सदस्यता सधैँको लागि बन्द हुनेछ । त्यसपछि नयाँ ०५० नम्बर प्राप्त गर्न तपाईले नयाँ ब्रास्टेल खाता बनाउनु पर्ने हुन्छ ।

तिर्ने मिति सम्बन्धित

तपाईले पहिलो शुल्क तिर्नु पर्ने मिति सदस्यता लिनु भएको नवौं दिनमा पर्छ । तिर्नु पर्ने बिलिङ अवधि हरेक ६ महिनामा दोहरिने छ । उदाहरणको लागि, यदि तपाईको ०५० नम्बर सेप्टेम्बर १० मा जारी भएको छ भने, तपाईको पहिलो बिलिङ मिति सेप्टम्बर १८ मा हुनेछ र तपाईको अर्को बिलिङ मिति मार्च १८ मा हुनेछ । यदि पहिलो बिलिङ मिति २९, ३० वा ३१ मा पर्न गएमा त्यो मिति अर्को महिनाको १ तारिखमा सेट गरिने छ, र त्यसपछि तिर्नु पर्ने मिति अर्को ६ महिना पछिको १ तारिख हुनेछ ।

माई ०५० नम्बर बिना माई ०५० एप्प प्रयोग गर्ने सम्बन्धमा

०५० नम्बर प्राप्त गरिसक्नु भएका कस्टमरहरूको लागिः

यदि तपाई सदस्यता शुल्क तिर्न चाहनु हुन्न भने, कृपया तपाईको ०५० नम्बर खारेज गर्न अनुरोध गर्नुहोस ।
कृपया ध्यान राख्नुहोला कि ०५० नम्बर नभए तलका प्रतिबन्धहरू लागू हुनेछन् ।

०५० नम्बर लिने सोच बनाउनु भएका कस्टमरहरूको लागिः

माई ०५० बाहिर जाने कलहरू गर्नको लागि मात्र पनि प्रयोग गर्न सकिन्छ । यसको लागि, तपाईले सदस्यता शुल्कहरू तिर्नु पर्दैन । यद्यपि, निम्न प्रतिबन्धहरू लागू हुनेछन् ।

माई ०५० नम्बर विना एप्प प्रयोग गर्नेहरूको लागि प्रतिबन्धहरूः
  • तपाईले आगमन कलहरू प्राप्त गर्न सक्नुहुन्न ।
  • तपाईले ०५० प्रयोगकर्ताहरू बिच निशुल्क हुने कलहरू गर्न पाउनु हुन्न ।
  • तपाईले ०१२० फ्री डायल नम्बरहरूमा कल गर्न सक्नुहुन्न ।
  • कलर आइडीले काम गर्दैन र तपाईको फोन नम्बर देखिँदैन । त्यसकारण डोमेस्टिक कल गर्न खोज्दा, यदि कल प्राप्त गर्ने व्यक्तिले कलर आइडी नभएका नम्बरबाट आउने कलहरू ब्लक हुने बनाएको छ भने, तपाईको कल लाग्दैन ।
नम्बर रद्द गर्ने सम्बन्धमा

आफ्नो माई ०५० नम्बर रद्द गर्न, कृपया मेरो खाता > माई ०५० मा गएर त्यहाँ स्क्रिनमा दिइएका निर्देशनहरूको पालना गर्नुहोस । कृपया नोट गर्नुहोस, यदि आवेदन र/वा सदस्यता शुल्क तिर्नु भएको छैन भने खाता रद्द गर्ने अनुरोधलाई स्वीकार गरिने छैन ।

यदि तपाईको ब्रास्टेल खाता चालु भईरहेको छ र त्यसमा क्रेडिटहरू बाँकी छ भने, तपाईको ०५० नम्बरको म्याद सकिए पनि तपाईले अरूलाई कल गर्न सक्नुहुन्छ वा हाम्रा अन्य सेवाहरू प्रयोग गरिरहन सक्नुहुन्छ । शुरूमा तपाईको ब्रास्टेल खाताको म्याद खाता खोलिएको मिति देखि एक वर्षको हुन्छ । ब्रास्टेल खाताहरू बिचको क्रेडिट ट्रान्सफरहरू बाहेक यदि कुनै कल वा कारोबारले गर्दा तपाईको ब्यालेन्स घट्बढ् भएमा, तपाईको खाताको म्याद त्यहि ब्यालेन्स घट्बढ् भएको बेला देखि एक वर्षको लागि थपिने छ ।

व्यक्तिगत डाटा जानकारी संकलन सम्बन्धित

आइपी फोन सेवा सम्बन्धित शर्त र नियमहरू अनुपालन गर्न यो सेवा प्रयोग गर्ने प्रयोगकर्ताले हामीलाई तलका जानकारीहरू उपलब्ध गराउनु पर्नेछ, जस्तै पूरा नाम, जम्न मिति, राष्ट्रियता, ठेगाना, एउटा मान्य परिचय पत्र र इमेल ठेगाना । यदि तपाईको चालू भइ रहेको माई ०५० खाता अझसम्म पनि हामीसँग दर्ता भएको छैन भने कृपया जति सक्दो छिटो हाम्रो कस्टमर सेन्टरमा सम्पर्क गरेर दर्ता गराउनु होस ।