[महत्वपूर्ण] माई ०५० नम्बरः नयाँ आवेदन प्रकृया
२. तपाईको इमेल ठेगाना प्रमाणित गर्नुहोस
३. तपाईको राष्ट्रियता र परिचय पत्र (आइडी)को प्रकार रोज्नुहोस
४. तपाईको आइडीको फोटोहरू खिच्नुहोस र तपाईको व्यक्तिगत जानकारी भर्नुहोस
५. यी जानकारीहरू पक्का गरेर पेश गर्नुहोस
![]() |
| माई अकाउन्ट भित्र छिर्न यो क्यूआर कोड स्क्यान गर्नुहोस |
महत्वपूर्ण नोटहरू
दाखिला गर्नु भएका आइडीको फोटोहरू प्रष्ट अनि सजिलै पढ्न सकिने हुनुपर्छ र आवेदन दिनु हुने मितिमा आइडीको म्याद सकिन ३० दिन भन्दा बढी अवधि बाँकी रहेको हुनुपर्छ । अन्यथा तपाईको आवेदन प्रोसेस हुने छैन ।
कृपया नोट गर्नुहोला कि आइडीको प्रमाणिकरण प्रकृया सफल भएपछि मात्र हामी तपाईलाई माई ०५० नम्बर उपलब्ध गराउने छौं र यो प्रकृया पूरा हुन निकै लामो समय लाग्न सक्छ । आवश्यक भएमा हामीलाई थप कागजपत्रहरू पनि चाहिन सक्छ वा आइडी प्रष्ट नभएमा तपाईले फेरि आइडीका फोटोहरू पठाउनु पर्ने हुनसक्छ । हामी तपाईको आइडी अनुसार तपाईको खाता खोली दिने वा अपडेट गरिदिने छौं ।
कृपया नोट गर्नुहोला, हामी तेश्रो पक्षको लागि दिइएका आवेदनहरू (नाबालकको हकमा वाहेक) स्वीकार गर्ने छैनौं । नाबालकको लागि यो सेवा लिन परेमा नाबालकको एउटा मान्य परिचय-पत्र र उसको अभिभावक वा कानूनी अभिभावकले भरेको सहमति फारम पेश गर्नुपर्छ ।
यो सेवा प्रयोग गर्दा, कम्पनीले प्रयोगकर्तालाई निम्न कार्यहरू निषेध गर्दछ: यस सेवाको उदेश्य विरूद्ध र/वा सेवाले निर्धारण गरेको (जुन कार्यालय टेलिफोन नम्बर, आन्तरिक एक्स्टेन्सन वा कल सेन्टर नम्बर जस्ता व्यावसायिक प्रयोगमा सीमित छैन) वाहेक अन्य प्रयोजनको लागि यो ०५० आइपी नम्बर प्रयोग गर्न वा प्रयोगको प्रयास गर्न निषेधित छ ।
